२०८१ बैशाख २१, शुक्रबार    

एन्फा निर्वाचन समिति गठन

२०७८ चैत्र १५, मंगलबार १८:२५ बजे

अखिल नेपाल फुटबल संघ ९एन्फा० को मंगलबार बसेको २० औं विशेष साधारणसभाले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौत्तम, सदस्यमा दामोदर भट्टराई छन् । जेठ १५ मा एन्फाको चुनाव हुँदैछ । साधारणसभाले विष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति पनि गठन गरेको छ । यस्तै सभाले निर्वाचनमा हुने उम्मेदवारको शुल्क पनि तोकेको छ । त्यसअनुसार अध्यक्षको उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरीक्षकमा नियुक्त गरेको छ ।