२०८१ बैशाख २७, बिहीबार    

मकवानपुरको चारवटा स्थानीय तहमा मतगणना सुरु

२०७९ बैशाख ३१, शनिबार ०५:२८ बजे

मकवानपुरको चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ ।

जिल्लाको दशवटा स्थानीय तहमध्ये चारवटामा स्थानीय तहको जनप्रतिनिधिको मतगणना सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार मकवानपुरको थाहा नगरपालिका, मनहरी, इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा मतगणना सुरु भएको हो ।

कार्यालयका अनुसार शनिबार विहान ३ बजेबाट मतगणना सुरु भएको हो । जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित राक्सिराङ, कैलाश, वाग्मती, बकैया, मकवानपुरगढी गाउँपालिकामा आज विहान सर्वदलिय वैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतपेटिका संकलनमा ढिलाई र हावाहुरी र पानीका कारण राति नै मतगणना सुरु गर्न असम्भव भएको हो । हेटौंडा उपमहानगरपालिकामा विहान ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय शनिबार राति बसेको सर्वदलिय वैठकले गरिसकेको छ ।

मकवानपुरमा करिब ७१ प्रतिशत मत खसेको छ ।