२०८१ बैशाख २०, बिहीबार    

मन्त्रिपरिषद् विस्तार गर्दै देउवा, सुजताको नाम चर्चामा

२०७८ माघ २०, बिहीबार १९:४८ बजे

हेटौंडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

कांग्रेस स्रोतका अनुसार कांग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । उनलाई प्रधाामन्त्री देउवाले मन्त्री बनाउन लागेका हुन् । १४ औं महाधिवेशनमा देउवालाई सहयोग गरेका कारण उनलाई मन्त्रीको अफर गरिएको बुझिएको छ । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ । स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।

दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ । त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको कााग्रेस स्रोतले जनाएको छ ।