२०८१ जेठ ४, शुक्रबार    

हेटौंडामा अन्तर्राष्ट्रिय फुटबल हुने

२०७९ जेठ १२, बिहीबार १६:४८ बजे

हेटौंडामा यसै महिनाको तेस्रो हप्ताबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा जेठ १९ गतेदेखि २८ गतेसम्म चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको हो । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एक विदेशीसहित दशवटा क्लबहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संघ अध्यक्ष टीकाराम लामा अनुसार प्रतियोगितामा करिब १ करोड १७ लाख खर्च अनुमान गरिएको छ । प्रतियोगितामा हेटौंडाको विजय युथसहित ए डिभिजन र मोफसलका चर्चित क्लबहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदको व्यवस्था समेत गरिएको छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद दशहजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।