२०८३ भाद्र १६, मंगलबार    

युवा नेता सापकोटाद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

२०७८ माघ १८, मंगलबार १३:०८ बजे

हेटौंडा/ नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।

हेटौंडा–९ मा अवस्थित प्रगति उच्च माविमा अध्ययनरत् गरिव, असहाय, अनाथ बालबालिकाका लागि सापकोटाले ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम सहयोग गरेका हुन् । उनले छात्रवृत्ति रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर सदस्य सीता अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य माधव आचार्य, नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनीलगायतको सहभागिता थियो । छात्रवृत्ति रकम हस्तान्तरण गर्दै सापकोटाले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘छात्रवृत्तिका लागि सहयोग भएको रकम हामीले विद्यार्थीलाई आवश्यकता अनुसार प्रयोग गर्नेछौं । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको अवस्थाबारे हामीले अध्ययन गरेका थियौं । सोही अनुसार आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइनेछ ।’, अध्यक्ष पराजुलीले भने ।