२०८१ बैशाख १६, आईतबार    

डेंगु संक्रमणबाट हेटौंडामा एकजनाको मृत्यु

२०८० श्रावण २५, बिहीबार १७:५४ बजे

डेंगु रोगको संक्रमणबाट हेटौंडाका एक युवकको मृत्यु भएको छ ।

हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगु संक्रमणका कारण मृत्यु भएको हो । ३ दिन अघि हेटौंडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउादा डेंगु संक्रमण पुष्टि भएको थियो । सञ्चो अस्पतालका डा. विकास थापाका अनुसार डेंगु संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए ।

बुधबार थप उपचारका लागि भरतपुर गएका प्रधानको विहीबार उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेंगु संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय हेटौंडामा डेंगु संक्रमितको संख्या बढिरहेको छ ।