२०८१ बैशाख १४, शुक्रबार    

नगरस्तरीय बाल क्लबको अध्यक्षमा सौजन

२०७९ जेठ २१, शनिबार १८:३७ बजे

हेटौंडा उपमहानगरमा गठन गरिएको नगरस्तरीय वालक्लबको अध्यक्षमा सौजन देवकोटा चयन भएका छन् ।

हेटौंडा उपमहानगरपालिका महिला तथा वालबालिका शाखाको समन्वय, सहकार्य र सहयोग तथा हामि सक्छौं नेपालको आयोजनामा भएको भेलाले देबकोटाको अध्यक्षतामा २५ सदस्य नगरस्तरीयय बाल क्लब गठन गरेको हो । क्लबको उपाध्यक्षमा दिपास्मा सुवेदी, सचिब पुर्बजा न्यौपाने र कोषाध्यक्षमा सालु यादब रहेका छन् ।

भेलाको हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँले उद्घाटन गरका थिए । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख बानियाँले राज्यको कर्णधारको रुपमा रहेका वालवालिकाको सर्वाधिण बिकासको क्षेत्रमा उपमहानगरले काम गर्ने बताए । उनले अहिले देखिएको उच्च शिक्षा हासिल गरेसँगै बिदेशीने क्रमलाई रोक्न आवश्यक रहेको जिकिर गरे । उनले भने‘ अब बिदेश जाने होइन, आफ्नै देशको माटोमा सुन्दर जिवन बनाउनु पर्छ ।’  समाज सुधारको पहिलो अंगको रुपमा १९ वटै वडावाट कार्यक्रममा सहभागि भएका बालवालिकालाई अंकिग गर्दै उनले सामाजिक अभियान्ताको रुपमा काम गर्न आग्रह गरे । अबको शिक्षा आधुनीकिकरण तर्फ घकेलिएको भन्दै शैक्षिक गतिबिधीमा पनि अव्वल बन्न सहभागि बालवालिकालाई शुभकामना दिए ।

आयोजक हामि सक्छौं नेपालका कार्यवाहक अध्यक्ष किसन घिसिंङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा, जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहाल, सिविन वाल हेल्पलाइनका कार्यक्रम संयोजक झबिन्द्र ज्ञावलीको आतिथ्यता रहेको थियो ।