२०८१ बैशाख २५, मंगलबार    

अञ्जन पुगे झापा, मार्की खेलाडी घोषित

२०७८ फाल्गुन १५, आईतबार ११:५६ बजे

हेटौंडा/ हेटौंडेली सुपस्टार फुटबलर अञ्जन विष्ट नेपाल सुपर लिग (एनएसएल) को नयाँ क्लब झापा एफसीमा आबद्ध भएका छन् । आइतबार आफ्नो मार्की प्लेयरमा नेपाली राष्ट्रिय टिमका सदस्य अञ्जन विष्टलाई अनुबन्ध गरेको हो ।

झापाले पत्रकार सम्मेलन गर्दै यसबारे घोषणा गरेको हो । सहिद स्मारक लिग ’ए’ डिभिजन ०७८ मा मनाङ मर्स्याङ्दीका कप्तान रहेका अञ्जनले नेपालका लागि ४८ खेल खेल्दै सात गोल गरिसकेका छन् । प्रतियोगिता चैत २६ देखि जेठ ७ सम्म आयोजना हुँदैछ । यसअघिको पहिलो संस्करणमा सात टिम रहेकोमा यसपल्ट बढाएर १० पुर्‍याइएको छ । त्यसमध्ये झापा पनि नयाँ टिम हो ।

अञ्जनले पहिलो संस्करणको एनएसएलमा ललितपुर सिटी एफसीबाट खेलेका थिए ।