२०८१ बैशाख १६, आईतबार    

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

२०७९ पौष ६, बुधबार ०९:२५ बजे

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बुथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको छ ।

मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ भने पत्रकारलाई भित्र जान निषेध गरिएको छ ।