२०८१ जेठ ४, शुक्रबार    

नेपाललाई सेमिफाइनल खेल्ने अवसर

२०७८ फाल्गुन ९, सोमबार १०:५९ बजे

नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुनेछ । क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ ।

नेपाल विजेता बनेमा समूह ए को उपविजेता र उपविजेता बने समूह ए को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउँछन् । यता क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ ।

नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष र क्यानडा समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको सन्दीप लामिछाने र क्यानडाको नवनित धालिवालले कप्तानी गर्नेछन् । नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनलमा पुग्न सक्छ । नेपाल ३७ रन भन्दा कम अन्तरले पराजित भएमा क्यानडाभन्दा माथि नेटरनरेटको कारण सेमिफाइनलमा पुग्ने समिकरण छ । लक्ष्य पछ्याउँदा योगफलमा निर्भर हुनेछ ।