२०८१ बैशाख २४, सोमबार    

६० जनाको नि:शुल्क आँखा परीक्षण

२०७९ असार ४, शनिबार १७:४२ बजे

मोवाइल एसोसिएसन अफ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा नि:शुल्क आँखा परीक्षण भएको छ ।

शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स हेटौंडा–१०, टीसीएन रोडसँगको सहकार्यमा भएको नि:शुल्क आँखा परीक्षण शिविरमा ६० जनाले सेवा लिएका छन् । शान्ति अप्टिकलले पछिल्लो समय प्रत्येक हप्ता जिल्लामा क्रियाशील विभिन्न संघसंस्थासँग समन्वय गरेर आँखा शिविर सञ्चालन गरिरहेको छ ।
मकवानपुर उद्योग बाणिज्य संघ वस्तुगततर्फ उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको नि:शुल्क आँखा परीक्षण शिविरको उद्घाटन समारोहमा मोवाइल एसोसिएसन अध्यक्ष दिनेश लामाको सभाध्यक्षता रहेको थियो ।

उद्घाटन समारोहमा एसोसिएसन संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष एसिस रिजाल तथा नेपाल मोवाइल वितरण संघ संयोजक रोहिणीप्रसाद गौतमलगायतको सहभागिता रहेको थियो ।

‘शान्ति अप्टिकलले आँखा स्वस्थ राख्नका लागि संघ संस्थासँग समन्वय गरेर शिविर सञ्चालन गरिरहेका छौं ।’, शान्ति अप्टिकलका सञ्चालक सुदिप ठकुरीले जिल्लाको विकट स्थानमा पनि पुगेर शिविर सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको बताए ।