२०८१ बैशाख १५, शनिबार    

टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन हुने

२०७८ चैत्र २२, मंगलबार १३:१९ बजे

हेटौंडा उपमहानगरका १९ वटै वडाका बालबालिकालाई चैत २५ गतेदेखि वैशाख ५ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले पत्रकार सम्मेलन गरी जानकारी दिँदै बालबालिकामा टाइफाइड विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

उपमहानगरका ५६ हजार ४ सय बालबालिकालाई हेटौंडाका विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप लगाउन लागिएको जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इंले जानकारी दिए । अभियान देशैभर सञ्चालन हुनेछ । अभियानको सुरुवात मकवानपुरको मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट संघीय स्वास्थ्य तथा जनसख्यामन्त्री बिरोध खतिवडाले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

जन्मिएको १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उनले बताए । नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अरु उमेर समूहभन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको छ । हेटौंडाका बिद्यालयसहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत् खोप लगाइने भएको छ । खोप विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई लगाइने लक्ष्य लिइएको छ । बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइनेछ ।