२०८१ बैशाख २६, बुधबार    

प्रहरीको अधिृकत आवास बनाउन उपमहानगरले सहयोग गर्ने

२०७९ भाद्र २५, शनिबार १४:२१ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिनियर प्रहरी अधिकृत आवास गृह निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।

उपमहानगरको कार्यपालिका वैठकले जिल्ला प्रहरी कार्यालय मकवानपुरका सिनियर प्रहरी अधिकृतको आवास गृह निर्माण गर्नका लागि रकम सहयोग गर्ने निर्णय गरेको छ । सिनियर प्रहरी अधिकृतको आवासगृह जीर्ण भएकाले निर्माण गर्नका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।

उपमहानगरपालिकाको स्वामित्व तथा संरक्षणमा रहेको पूर्वाधार सम्पत्ति, वडा कार्यालयहरु, भवन, पार्क, सडकहरुको लेखाजोखा तथा अभिलेखिकरण गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।