२०८१ जेठ ८, मंगलबार    

रोटरीद्वारा ‘व्याक टु स्कुल’ कार्यक्रम सुरु

२०७८ माघ २४, सोमबार १५:५४ बजे

हेटौंडा/ रोटरी क्लब क्लब अफ मकवानपुरले ‘व्याक टु स्कुल’ कार्यक्रम सुरु गरेको छ ।

कोरोनाको महामारीसँगै विद्यालयको पठनपाठन बन्द रहेको अवस्थामा रोटरीले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै विद्यालय सुचारु गर्नुपर्छ भन्ने मान्यताका साथ यस कार्यक्रम अगाडि बढाएको हो । सोही क्रममा रोटरीले भीमफेदी गाउँपालिका–१ स्थित किसेडीमा रहेको दीपक आधारभूत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
व्याक टु स्कुलका संयोजक तथा रोटरी क्बल अफ मकवानपुरका सदस्य आवास घिमिरेको सभाध्यक्षतामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानिककुमार स्याङ्तानलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णवहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पूर्वअध्यक्ष कविन सांगामी, कोषाध्यक्ष मनोज ढोडारी, विद्यालयकी प्रधानाध्यापक गंगा लामा तथा सहयोगी संस्था रोटरी क्लब अफ धुलिखेलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

रोटरीले मास्क, सेनिटाइटजर, थर्मलगन अक्सिमिटर, फेसशिल्डम र पीपीई हस्तान्तरण गरिएको थियो । करिब ३० हजार रुपैयाँ वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।