२०८१ बैशाख ३०, आईतबार    

दिनहुँ अस्पताल निरीक्षण गर्दै मन्त्री लामा

२०७८ माघ ३, सोमबार १८:१९ बजे

हेटौंडा/ वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमण दर बढेसँगै न्यूनीकरणका लागि भइरहेको तयारी बुझ्ने अस्पताल–अस्पतालमा पुगेका छन् ।

शनिबार र आइतबार काभ्रे, सिन्धुपाल्चोक पुगेका मन्त्री लामाले सोमबार भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । उनले अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचारमा गरिरहेको कामबारे निरीक्षण गरेका छन् । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको उपचार सेवाबारे समेत मन्त्री लामाले निरीक्षण गरेका थिए ।

निरीक्षण पछि मन्त्री लामाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले उपचारका लागि प्रतिवद्ध भएर लाग्न निर्देशन दिए । उनले मन्त्रालय कोरोना संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम एवं संक्रमितहरूको उपचारमा दृढ रहेको भन्दै मन्त्रालयले सबै खाले व्यवस्थापन गर्नेमा ढुक्क हुन निर्देशन दिए ।

मन्त्री लामालाई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्र गिरीले स्वास्थ्य संस्थाले गरिरहेका तयारी र नियमित कामबारे अवगत गराएका थिए ।