२०८१ जेठ ७, सोमबार    

हेटौंडा–११ मा चुनावी अभियानलाई तीव्र पार्दै तीर्थ रोक्का समूह

२०७९ बैशाख १८, आईतबार १९:१६ बजे

हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडामा टिमसहित स्वतन्त्र उम्मेदवारी बनेका युवा नेता अक्कलबहादुर रोक्का क्षेत्री (तीर्थ)ले चुनाव चिन्ह ‘धारा’ पाएसंगै चुनावी अभियानलाई तीव्र पारेका छन् ।

उनी दैनिकरुपमा घरदैलोमा व्यस्त हुन थालेका छन् । आफ्नो अभियानमा युवा र ज्येष्ठ नागरिकले समेत साथ दिएपछि उत्साहितहुँदै उनको समूह चुनाव प्रचारप्रसारमा जुटेको छ । आफूसंग बर्षौंदेखि वडाबासीको सुखदु:खमा साथै रहेको टिम रहेकोले चुनाव जित्ने दावी गरे ।

‘पार्टीले राम्रो उम्मेदवार नदिएकोले मैले वडाका राम्रा साथीहरुलाई लिएर टिम बनाएको हुा । हामीलाई निर्वाचन आयोगले धारा चुनाव चिन्ह प्रदान गरिसकेको छ’, उनले भने, ‘चुनावी अभियानलाई तीव्र पारेका छौं । हामी यस वडाबासीको हरेक सुखदु:खको सारथी हौं । हामीले नजिते कस्लो जित्छ ?’ स्थानीय निर्वाचन भएकोले वडाबासीले पार्टी नहेरी राम्रो व्यक्तिलाई हेर्ने उनको विश्वास रहेको छ ।

उनको टिमबाट खुल्ला सदस्यमा सुरेन्द्र ढकाल तथा खुल्ला महिला सदस्यमा सुनिता बास्तोलाको उम्मेदवारी रहेको छ । तीनैजनाले आफ्नो योजना सुनाउँदै घरघरमा पुगेर मत मागिरहेका छन् । उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने र कसैलाई समर्थन गर्ने अवस्था नरहेको वडा अध्यक्षका उम्मेदवार रोक्काको भनाइ छ । ‘मसहित गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार मीनाकुमार लामालाई पनि मतदान गरिदिनुहुन अनुरोध गर्दछु ।,’ उनले आफ्नो समूह कसैका विरुद्ध नभएको समेत बताए ।