२०८१ बैशाख १४, शुक्रबार    

चित्लाङमा विश्वविद्यालय सञ्चालन गर्न बाटो खुल्यो

२०७९ श्रावण १८, बुधबार १७:४३ बजे

मकवानपुरको उत्तरी क्षेत्रस्थित चित्लाङमा निर्माणाधिन अवस्थामा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने बाटो खुल्ला भएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण भएसँगै उक्त बाटो खुलेको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।
विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।