२०८१ बैशाख २४, सोमबार    

मकवानपुरमा १४७ जना कांग्रेस प्रवेश

२०७८ फाल्गुन ३०, सोमबार १९:१८ बजे

मकवानपुरको पूर्वीक्षेत्र बकैया गाउँपालिकामा सोमबार विभिन्न पार्टी परित्याग गरी १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवम् वाग्मती प्रदेश सभापति नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बकैया गाउँपालिको हात्तिसुडँेमा भएको संयुक्त पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रममा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरी उनीहरु कांग्रेसमा आबद्ध भएका हुन् । का नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेता बानियााले कम्युनिष्टहरु एमसिसिको बारेमा जनतालाई गलत भ्रम सूचना दिएर गरिव, विपन्न र विकासोन्मुख देशलाई विदेशी शक्ति राष्ट्रले दिएको सहयोगमा खेल्दै जनतालाई झन् विपन्न र गरिव बनाई राजनीति गर्ने पार्टी भएकाले कम्युनिष्टहरुबाट देशमा कहिल्यै जनताको समृद्धि नआउने बताउनुभयो ।

सोमबारै कांग्रेस वाग्मती प्रदेश कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेबाट साविक बुढीचौरको वडा अध्यक्षबाट निर्वाचित जुलाफसिं रुम्बासहित ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।