२०८१ बैशाख २०, बिहीबार    

मीनाकुमारी लामाद्वारा मतदान

२०७९ बैशाख ३०, शुक्रबार ०८:३३ बजे

सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले मत खसालेकी छिन् ।

केही बेर अघि लामाले हेटौंडा उपमहानगरपालिका वडा नं १ बाट मतदान गरेकी हुन् । उनले सम्पूर्ण मतदातालाई पनि मतदानमा सहभागी हुन अनुरोध गरेकी छन् ।  शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । मतदान प्रक्रिया दिउँसो ७ बजेसम्म हुनेछ ।