२०८१ जेठ ४, शुक्रबार    

सन्दिप उत्कृष्ट प्रदर्शनमा होबार्ट प्ले अफमा

२०७८ माघ ४, मंगलबार १९:४३ बजे

हेटौंडा/ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको प्ले अफमा स्थान पक्का गर्न सफल भएको छ ।

लिगको ५३ औं खेलमा मेलबर्न रेनेगर्ड्सलाई ६ रनले पराजित गर्दै नेपाली लेग स्पिनर लामिछाने सम्मिलित टोली उपाधि नजिक पुगेको हो । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउादै १ सय ७६ रन बनायो । कप्तान आरोन फिन्चले ५२ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । टोली पराजित भएपनि फिन्च खेलको प्लेयर अफ द म्याच चुनिए । शन मार्श ३८ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा क्याच आउट भए ।

मेलबर्नलाई जितको लागि अन्तिम १२ बलमा १८ रन चाहिँएको थियो । १९ औं ओभरमा थोमस रेजर्सले दुई विकेट लिएर मात्र चार रन दिएपछि होबार्ट जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा १५ रन चाहिाएको अवस्थामा मेलबर्नले १ विकेट गुमाउादै ८ रन जोडेपछि झिनो हार बेहोर्यो । सन्दीपले शन मार्श र उनमुक्त चन्द गरि दुई महत्वपूर्ण विकेट लिए । सन्दीपले १५ औं ओभरको पाँचौं बलमा मार्शलाइ गुगली बलमा मिडविकेटमा टिम डेविडबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । डेब्यू खेल खेलेका चन्दलाई १८ औं ओभरको चौथो बलमा कावेल ज्वेलबाट ६ रनमा क्याच गराए ।

जारी प्रतियोगितामा सन्दीपले १३ खेलमा १४ विकेट लिएका छन् । होबार्टले लिगको अन्तिम खेल बुधबार मेलबर्न स्टार्ससाग खेल्नेछ ।