२०८१ बैशाख ८, शनिबार    

लेनदेन मुद्दाका दुईजना फरार प्रतिबादी पक्राउ

२०७९ असार १६, बिहीबार १९:४८ बजे

मकवानपुर जिल्ला अदालतले गरेको आदेशलाई वेवास्ता गरी फरार रहेको दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अदालतको जेठ ३१ गतेको आदेश अनुसार लेनदेन मुद्दाका फरार प्रतिवादी गढीगाउँपालिका–७ घर भई हाल हेटौंडा–१९ बस्ने ३३ वर्षीय तुलशा बिष्टलाई पक्राउ गरिएको हो । उनलाई नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

अदालतले गतचैत ७ गतेको आदेश अनुसार चेक अनादर मुद्दाका फरार प्रतिबादी हाँडीखोला–५ परिवर्तित हेटौंडा–१९ बस्ने ३६ वर्षीय को सुकबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरु दुवैलाई अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।