२०८१ बैशाख २१, शुक्रबार    

एमालेले एमसीसीलाई सत्ताको च्याखे दाउ बनाउँदैन : गोकुल बास्कोटा

२०७८ फाल्गुन १३, शुक्रबार १९:४६ बजे

हेटौंडा/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफ्नो पार्टीले एमसीसी सहयोग परियोजनालाई सत्ताको च्याखे दाउ नबनाएको स्पष्ट पारेका छन् ।

उनले एमसीसी परियोजनाको विषयमा एमालेको स्पष्ट धारणा रहेको बताउँदै पास गराउने वा फेल गराउने सत्तारुढ गठबन्धनको हातमा रहेको बताए । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमा उनले एमसीसीसँग सत्ताको सम्बन्ध जोडेर एमाले नहिँड्ने स्पष्ट पारे । ‘अहिलेको परामदेशी सरकारमा हामी सहभागी हुँदैन । यो सरकार हामीलाई स्वीकार्य छैन । जनादेशी सरकार बनेपछि एमाले सत्तामा जान्छ ।’, उनले भने ।

‘अहिले संसदलाई बन्दी बनाउने काम सत्तापक्षबाटै भइरहेको छ । सत्तामा रहेकाहरुले दोहोरो चरित्र देखाइरहेका छन् । १५ गते के हुन्छ भन्ने कुरो सत्तारुढ दलको व्यहारमा निर्भर रहन्छ ।’, उनले सत्ताबाट संरक्षितहरुबाट एमसीसीको नाममा वितण्डा मच्चाउने काम भइरहेको टिप्पणी गरे । ‘सत्तामा बसेकाले दोहोरो सुविधा लिन पाउँदैनन् । झण्डा र ढुङ्गा दुवै एउटैको हातमा हुनै सक्दैन । यो गठबन्धनमा लामो समय चल्दैन । छिट्टै भत्किने निश्चित छ ।’