२०८१ बैशाख १६, आईतबार    

इन्द्रसरोबर गाउँपालिकामा एमाले अगाडि

२०७९ जेठ १, आईतबार १९:३३ बजे

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

चारवटा वडाको मतगणनाको क्रममा एमालेले करिब सातसय मतले अगाडि रहेको छ । एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी ३४२५ ले मत प्राप्त गर्दै विजयतर्फ उन्मुख भएका छन् । नेपाली कांग्रेसका विश्वलाल लामाले २७०२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी उमाकुमारी लामाले ३३७८ मत प्राप्त गरेकी छन् । कांग्रेसकी निर्मला रुम्बाले २७६६ मत प्राप्त गरेकी छन् ।