२०८१ बैशाख २३, आईतबार    

कुलेखानी हेभीमा सवारी दुर्घटना, चालक गम्भिर घाइते

२०७८ फाल्गुन २४, मंगलबार ११:१२ बजे

हेटौंडा/ मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित कुलेखानीको हेभीमा सवारी दुर्घटनाहुँदा एकजना गम्भिर घाइते भएका छन् ।

मदन भण्डारी मार्गअन्तर्गत् हेभीमा विहान करिब ८ बजे काठमाडौंबाट हेटौडातर्फ आउँदै गरेको प्र.०३–०१–२४ च. ६१८५ नम्बरको बोलेरो दुर्घटनाहुँदा बोलेरो चालक सिन्धुपाल्चोक जिल्ला स्थायी घर भएका बिजय तामाङ्ग गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । स्थानीय सन्तोष बानियाँका अनुसार बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको छ ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।