२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडा-१६ र १७ मा नेपाली कांग्रेस विजयी

२०७९ जेठ ४, बुधबार १७:११ बजे

स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा-१६ र १७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

हेटौंडा-१६ को अध्यक्षमा रामकृष्ण कोइराला विजयी भएका छन् । उनले नेकपा एमालेका बसन्त लामिछानेलाई पराजित भएका छन् । कोइरालाले मत २४३८ल्याउँदा लामिछानेले १०९० ले मत ल्याए ।

हेटौंडा-१७ मा कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । उनले नेकपा एमालेका लक्ष्मण खुलाललाई पराजित गरेका छन् । सत्यालले १३१४ मत ल्याउँदा खुलालले ११३६ मत ल्याए ।

हेटौंडा-१६ मा अघिल्लो निर्वाचनमा पनि कांग्रेसले जितेको थियो भने हेटौंडा-१७ मा पहिलोपटक जितेको छ ।