२०८१ बैशाख १७, सोमबार    

उम्मेदवारको भ्वाइस म्यासेजले मतदाता हैरान, झुक्याउन खोजिएको आरोप

२०७९ बैशाख २७, मंगलबार १४:३४ बजे

हेटौंडा– स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अवधि अन्तिम चरणमा पुगेको छ ।
आज मंगलबार राती १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । प्रचारप्रसारका लागि समय कम भएको अवस्थामा उम्मेदवारहरु घरदैलोमा मात्र सीमित छैनन् । उम्मेदवारहरुले प्रचारप्रसारका लागि प्रविधिको समेत उच्चतम् प्रयोग गरिरहेका छन् । पछिल्लो समय निकै सहज मानिने म्यासेज प्रविधिको प्रयोगबाट उम्मेदवारहरु भोट माग्न जुटिरहेका छन् ।
नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार अनन्त पौडेलले भ्वाइस म्यासेजको प्रयोग गरिरहेका छन् । दुई दिनेदेखि मतदाताको मोवाइलमा पौडेलको भ्वाइस म्यासेज आइरहेको छ । पौडेलले नयाँ प्रविधिबाट प्रचारप्रसार गर्न खोजेपनि मतदाता भने हैरान भएका छन् ।
‘९८८६००११०१’ बाट फोन आउने फोन उठाइसकेपछि उम्मेदवारले आफ्नो दलको चुनाव चिन्हमा मतदान गर्न अनुरोध गर्दै भ्वाइस म्यासेज गर्दा मतदाता हैरान भएका हुन् । ‘उम्मेदवारले मात्र बोल्ने उनीहरुको मात्र धारणा सुन्नु पर्ने यो कस्तो अचम्म, यसरी फोन गरेर दोहोरो संवाद हुने जस्तो गरी झुक्याउन पाइन्छ ।’ हेटौंडा ५ का एक पुरुष मतदाताले भने ।
पौडेलले मत माग्दै फोन गरेपछि मतदाताहरुले दोहोरो संवाद गर्न खोज्छन् । फोन आएको अवस्था दोहोरो संवाद हुनुपर्ने, तर उम्मेदवार बोल्ने मतदाताले सुन्नु मात्र पर्ने हुादा मतदाता हैरान भएको गुनासो गरिरहेका छन् । मतदातालाई कन्फियुज बनाउने काम भएको र नम्बर दुरुपयोग भएको भन्दै हेटौंडा २ की एक महिला मतदाताले आपति जनाइन् ।
सामाजिक संजालमा पौडेलको भ्वाइस म्यासेजबारे ब्यापक बिरोधसमेत भइरहेको छ । मतदाताको मोवाइल नम्बर उम्मेदवारलाई दिएर दुरुपयोग भएको र फोनमा एकोहोरो भ्वाइस आउादा झुक्काउन खोजिएको भन्दै सामाजिक संजालमा पनि मतदाताहरुले गुनासो गरिरहेका छन् ।
सामाजिक संजाल फेसबुकमा हेटौंडा ८ का अर्जुन ढुंगानाले आफ्नो वालमा लेखेका छन्, ‘म अनन्तप्रसाद पौडेल हजुर, मैले दाई नमस्कार भनेको मात्र थिए, आफु मात्र खुरुरुरु बोलेर भोट मागेर जानु भयो । पछि कल ब्याक गरेको त टेलिकमबाट भोग माग्ने कल आएको रहेछ । यो नम्बरबाट तपाईंलाई कल आयो कि आएन ?’
यसैगरी संचारकर्मी राज सापकोटाले पनि पौडेलको भ्वाइस म्यासेजबारे आपत्ति जनाएका छन् । सापकोटाले आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै भनेका छन्, ‘पूर्व माननीयको हेटौंडामा फोन आतंक, तपाईंको गोप्य नम्बर कस्ले लिक गर्‍यो ?’