२०८१ बैशाख २७, बिहीबार    

२५ वर्षीया सुजिता एमालेबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार

२०७९ बैशाख ११, आईतबार १२:३६ बजे

स्थानीय तहको निर्वाचनमा एमालेले मनहरी गाउँपालिकामा २५ वर्षीया सुजिता थिङलाई उम्मेदवार बनाएको छ ।

एमाले प्रदेश कमिटीको बैठकले अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अघिल्लो स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको थियो ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरको जिल्ला सचिवालय सदस्य समेत हुन । उनी यसअघि नेपाल सरकारको पहिलो कार्यक्रमअन्तर्गत् राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको संघीय नमूना युवा संसद स्थापना तथा अभ्यास कार्यक्रममा सभामुखको भूमिका निर्वाह गरेकी थिइन् ।

‘म निर्वाचित भएमा वर्तमान समयमा देखिएको वेरोजगारी समस्यालाई न्यूनीकरणको निम्ति केन्द्रीत हुन्छु ।’, उनले भने, ‘गाउँपालिकाभित्र रहेको परम्परा संस्कृतिको जगेर्नाको साथसाथै शिक्षा, स्वास्थ्यलगायत विषयमा योजनाबद्धरुपमा काम गर्ने बताइन् ।