हेटौंडामा सोमबार जलवायु कार्यको स्थानीयकरणः सार्वजानिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोण विषयमा बागमती प्रदेश स्तरीय संवाद कार्यक्रम हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले बारे जानकारी दिएकी थिईन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितीमा संवाद कार्यक्रम हुने उनले बताईन् । संघीय सरकारले निर्माण गरेका जलवायु सम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाई, समस्यालाई कसरी समाधान गर्ने भनी बृहत छलफल गरिने बताईन् ।
कार्यक्रममा प्रदेशका एक सय भन्दाबढीको सहभागिता रहने जनाइएको छ । वनसँग जोडिएका विभिन्न विज्ञका साथै मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, युवा नेतृत्वहरुको सहभागितामा छलफल कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला समूहको सहकार्यमा आयोजना गरिन लागेको जनाइएको छ ।