२०८१ बैशाख १५, शनिबार    

वाग्मतीमा कांग्रेसबाट बहादुर र तीर्थ मन्त्री बन्दै

२०७९ चैत्र २६, आईतबार १७:३२ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

लामो समयको छलफलपश्चात् नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुने भएको हो । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको सचेतक कुन्दराज काफ्लेले जानकारी दिए ।

कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे सपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।