२०८१ बैशाख २१, शुक्रबार    

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

२०७८ चैत्र १०, बिहीबार ०८:११ बजे

हेटौंडा–१९ वस्तीपुर भुन्द्रुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्याल्यका अनुसार मृत्यु हुनेमा ट्रयाक्टर चालक राक्सिराङ–८ का २८ बर्षीय सागर स्याङ्तान रहेका छन् । उनको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान करिब २ बजे राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको ट्रयाक्टर काठको पुलबाट तर्ने क्रममा अचानक पुल भाँचिएको थियो ।

पुल भाँचिएर दुर्घटना हुँदा स्याङ्तान पानिमुनि ट्याक्टरले च्यापिको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।