२०८२ चैत्र २९, आईतबार    

मनहरीमा अब नियमित आँखा परीक्षण

२०७८ फाल्गुन ३, मंगलबार १८:३३ बजे

हेटौंडा/ मनहरी गाउँपालिकामा अब नियमित आँखा जाँच हुने भएको छ । यसअघि हप्तामा एकदिन मात्र हुने गरेको भएपनि मंगलबारबाट नियमितरुपमा आँखा परीक्षण सेवा सुरु गरिएको हो ।

मनहरी गाउँपालिका र हेटौंडा आँखा अस्पतालवीचको सहमतिमा सामुदायिक आँखा परीक्षण केन्द्र सञ्चालनमा आएसँगै दैनिकरुपमा आँखाका विरामीले सेवा पाउने भएका हुन् । गाउँपालिकाले आवश्यक केन्द्र सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार र कर्मचारीको व्यवस्था गरेसँगै नियमितरुपमा परीक्षण सुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार यसअघि मनहरी गाउँपालिका–७ मा लामो समयदेखि मनहरी रेडक्रस र हेटौंडा आँखा अस्पतालको समझदारीमा हप्ताको एकदिन जाँच गरिँदै आएको थियो । आँखा परीक्षण केन्द्रका लागि होण्डाइ मोटर फाउन्डेसन र योङ साई विश्व विद्यालय दक्षिण कोरियाबाट करिब २० लाख रुपैयाँ बराबरको आधुनिक उपकरण समेत प्राप्त भएको छ ।