२०८१ बैशाख २३, आईतबार    

युवा नेताद्वारा आधा दर्जन पंखा सहयोग

२०७८ चैत्र ६, आईतबार ११:२९ बजे

नेपाली कांग्रेसका युवा नेताद्वय प्रतातकुमार दाहाल र राजेश बानियाँले हेटौंडा–१५ स्थित महिला जागरण अभियान समूहलाई आधा दर्जन पंखा सहयोग गरेका छन् ।

आइतबार महिला समूहको कार्यालयमा पुगेर हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामाको उपस्थितमा पंखा सहयोग गरिएको हो । समूह अध्यक्ष मीना लामाले आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरिन् ।

हेटौंडा–५ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति राजेश बानियाँले आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । कांग्रेस महासमिति सदस्य प्रभातकुमार दाहालले महिला अधिकारको रक्षा र आत्मनिर्भर बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।