२०८१ बैशाख २७, बिहीबार    

हेटौंडेली अञ्जन पोखरामा सर्वोत्कृष्ट फुटबलर घोषित

२०७८ माघ ६, बिहीबार १४:५१ बजे

हेटौंडा/ हेटौंडेली युवा फुटबलर अञ्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् ।


राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान समेत रहेका विष्टलाई सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटन समारोहमा सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सहाराले पछिल्लो केहि वर्षयता यता राष्ट्रिय टोलीबाट योगदान पुर्‍याउने एक खेलाडीलाई सम्मान गर्दै आएको छ । अञ्जन पछिल्ले ८ वर्षदेखि राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । उनी २०७२ सालमा साफ यू १९ च्याम्पियन बन्दा टोलीका सदस्य थिए ।

अञ्जनले राष्ट्रिय टोलीले २०७२ मै बंगबन्धु गोल्ड कपको उपाधि जित्दा र सोही वर्ष यू २३ टोलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा उनी टोलीका सदस्य थिए । नेपालले २०७३ मा सोलिडारिटी कप जित्दा पनि उनी टोलीमा थिए ।