२०८१ बैशाख १४, शुक्रबार    

भलिबल खेलाडी माझीलाई गम्भीर चोट, सहयोगका लागि अपिल

२०७९ पौष १, शुक्रबार १४:४८ बजे

हटिया स्पोर्ट्स एकेडेमीका भलिबल खेलाडी विबेक माझीको खेल्ने क्रममा ढाडमा गम्भीर चोट लागेको छ ।

हेटौंडामा जारी स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा सहभागी हुनका लागि प्रशिक्षण गर्ने क्रममा उनी घाइते भएका हुन् । हेटौंडा–१७ का माझी राम्रा भलिबल खेलाडी हुन् । उनको उपचारका लागि करिब २ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एकेडेमीले उनको उपचारका लागि नगद सहयोग गर्न अपिल समेत गरको छ । क्लब अधयक्ष छवि सुवेदीले आफ्नो फेसबुक पेजबाट सहयोगका लागि अपिल गरेका छन् ।

उनका हाल हेटौंडा–१ स्थित एक अस्पतालमा उपचार भइरहेको छ ।