२०८१ जेठ ४, शुक्रबार    

हेटौंडा लेडी जेसीजद्वारा सुत्केरीलाई फलफुल वितरण

२०७८ फाल्गुन २५, बुधबार ११:०६ बजे

हेटौंडा/११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक संस्था हेटौंडा लेडी जेसीजले सुत्केरी महिलालाई फलफुल वितरण गरेको छ ।

लेडी जेसीजले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा रहेका २० जना सुत्केरी महिलालाई फलफुल वितरण गरेको हो । लेडी जेसीसकी अध्यक्ष कविता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल व्यवस्थापनका अध्यक्ष राजेश प्रसाईंको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्वअध्यक्षहरु सुशीला पौडेल, रश्मि बस्नेत, मातृ शाखाका कार्यकारणी उपाध्यक्ष शिव श्रेष्ठलगायत जेसीआईका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।