२०८१ बैशाख २१, शुक्रबार    

वक्तृत्वकला प्रतियोगितामा बजगाईं प्रथम

२०७९ भाद्र २९, बुधबार १४:३४ बजे

जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगितामा उचित बजगाईं प्रथम भएका छन् । मंगलबार जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह अन्तर्गतको ‘प्रभावको लागि कार्य’ शीर्षक रहेकोे स्वर्गीय बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा बजगाईं प्रथम भएका हुन् ।

त्यस्तै सुनिल न्यौपाने द्वितीय, सुदिन पौडेल तृतीय र मधु यादवले सान्त्वना स्थान हासिल गरेका छन् । जेसीआई हेटौंडा लेडीको वर्ष २०२२ अध्यक्ष कविता पौडेलको सभाध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर उपाध्यायको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जेसीआई हेटौंडा लेडीकी निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष सुशिला पौडेल, प्रमुख निर्णायक निमेष निखिल, मिरा शर्मा, जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्ष शिवकुमार श्रेष्ठ, महासचिव विकेशलाल श्रेष्ठ, जेसीआई बस्तिपुरको कार्यकारिणी उपाध्यक्ष जेसी अमृत पाठकलगायतका अतिथिहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक एलिसा न्यौपानेले बताइन् ।