२०८१ बैशाख १४, शुक्रबार    

निर्वाचन आचारसंहिता विपरित मेयर महत चुनावी अभियानमा

२०७९ बैशाख १६, शुक्रबार १३:३२ बजे
 
निर्वाचन आचारसंहिता विपरित हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत एमालेको चुनावी अभियानमा लागेका छन् । महत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचार अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरेको छ ।
‘बहालवाला मेयर नै आचारसंहिता विपरित पार्टीको चुनावी अभियानमा भाषण गरेर हिडिरहेका छन, यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’–हेटौंडा–५ का एक स्थानीयले भने । महत पछिल्लो दिन नियमित रुपमा चुनावी अभियानमा गएर आश्वासन समेत बाँढिरहेको गुनासो अन्य दलका नेता कार्यकर्ताहरुको छ ।
सबै जनताको जनप्रतिनिधि भएपनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरित हुने कानूनीका जानकारहरुको भनाई छ । महत एमालेको उम्मदवारको दौडमा रहेपनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।