२०८१ बैशाख १४, शुक्रबार    

एमालेलाई कमजोर पार्न उदेश्य बोकेको दल हो नेकपा( एकिकृत समाजवादी )एस

२०७९ बैशाख १६, शुक्रबार १३:०३ बजे

नेकपा एमाले नेता श्रीधर पोखरेलले नेकपा नेकपा (एकिकृत समाजवादी) एस भन्ने पार्टि नेपाली कांग्रेसको ‘एस’ रहेको बताएका छन् । नेकपा एमालेको चुनावी प्रचार कार्यक्रमलाई आज हेटौँडामा संवोधन गर्दै नेता पौडेलले नेकपा एसबाट मुलुकको समृद्धि संभव नभएको र त्यो केबल नेपाली कम्युनिष्टको मुल धार नेकपा एमालेलाई केहि कमजोर पार्न सकिन्छकि भन्ने मात्र उदेश्य बोकेको दल रहेको बताए ।

उनले भने ‘ एउटा पार्टी निर्माण हुँदा त्यो पार्टी विचार नीति र सिद्धान्तको अघि बढने हो एकिकृत समाजवादीसँग न कुनै विचार छ, न कुनै दृष्टिकोण छ , उसको विचार केबल नेकपा एमालेलाई साइजमा ल्याउने, कमजोर बनाउने र नेपाली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने भन्दा अरु कुनै छैन ।’ अहिले बनेको गठवन्धन नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासयी बनाउने ठोकुवा गर्दै पोखरेलले त्यस्तो अपवित्र गठवन्ध छोडेर फेरिपनि एमालेको झण्डामुनी आउँदा गौरबको अनुभव भएको बताए । उनले एमालेको सुखि नेपाली, समृद्ध नेपाल बनाउने महान अभियानमा रहेको भन्दै त्यस महान अभियानमा लाग्नको लागि अनुरोध समेत गरेका छन् ।

उनले अनन्त पौडेलको नेतृत्वमा हेटौँडालाई सुन्दर बनाउने अभियानमा लाग्नुपर्ने बताए । नेकपा एमाले हेटौंडा ५ ले आयोजना गरेको घरदैलो कार्यक्रममा नेता पोखरेल सहित हेटौंडा उपमहानगरपालिकामा एमालेको मेयर,उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।