२०८१ बैशाख २०, बिहीबार    

मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदानमा सहभागीहुँदै

२०७९ मंसिर ४, आईतबार ०६:१२ बजे

आज हुने प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवार छनौट निर्वाचनमा मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता सहभागीहुँदै छन् । उनीहरुले दुईजना प्रतिनिधिसभा र चारजना प्रदेशसभा सदस्य प्रतयक्षतर्फ छनौट गर्नेछन् । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

जिल्लाको क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जसमध्ये पुरुष मतदाता ७४ हजार ९ सय ३० जना र महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् । ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेको यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् । १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।

मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना मतदाता रहेका छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना छन् । महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यामा १ जना छन् । मकवानपुर क्षेत्र नम्बर–१ को (ख) मा कुल मतदाता ७२ हजार १ सय ६६ जना रहेका छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना छन् । क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा पुरुष मतदाता वढी रहेका छन् । प्रदेश (ख) मा महिला बढी मतदाता रहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा कुल मतदाता ८३ हजार ९९ जना छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर–२ को (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेका छन् ।