२०८१ बैशाख १७, सोमबार    

कैलाशमा गठबन्धन विजयी

२०७९ जेठ २, सोमबार ११:४२ बजे

मकवानपुरको कैलाश गाउँपालिका सत्तारुढ गठबन्धन विजयी भएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान र उपप्रमुखमा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन् । प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजाल तथा उपप्रमुखमा सुकुमाया थिङलाई पराजित गर्दै सत्तारुढ गठबन्धन विजयी भएको हो । प्रमुखमा मोक्तानले ४८९७ मत प्राप्त गरे । पराजित एमालेका रिजालले ४०९३ मत प्राप्त गरे । उपप्रमुखमा विजयी भएका मल्लले ४०८८ मत प्राप्त गरे । उपप्रमुखमा पराजित थिङले ३९३७ मत प्राप्त गरिन् । अघिल्लो स्थानीय तह निर्वाचनमा यस पालिकामा नेकपा एमाले विजयी भएको थियो । कैलाश मकवानपुरको सवैभन्दा विकट गाउँपालिका हो ।

कैलाशमा १० हजार ८६५ मत खसेको थियो ।