२०८१ बैशाख २४, सोमबार    

मतपत्रमा भेटियो ‘नो भोट’

२०७९ जेठ ४, बुधबार १६:५१ बजे

हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।

मतगणनाको क्रममा हेटौंडा–४ मा नोभोट लेखिएको दुईवटा मतपत्र भेटिएको छ । मतगणना क्रममा गणकहरुले दुईवटा मतपत्रमा यस्तो भेटेका हुन् । मतपत्रमा मार्करले ‘मेरो मत, चोर नेतालाई नो भोट’ भनेर लेखिएको छ । मतगणनाको क्रममा यस्तो मत पत्र भेटिएपछि उम्मेदवारको प्रतिनिधिहरु माझ हाँसो गुञ्जिएको थियो । पछिल्लो समय नेपालमा पनि ‘नो भोट’को विषयमा बहस भइरहेको छ । सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न फैसला गरेपनि कार्यान्वयनमा भने आएको छैन ।

विशेष गरी नेपालमा पछिल्लो समय खुलेका नयाँ दलहरुले यस विषयमा लविङ गरिरहेका छन् ।