२०८१ जेठ ४, शुक्रबार    

खैरो हेरोइन र मोटरसाइकलसहित तीनजना नियन्त्रणमा

२०७८ चैत्र १८, शुक्रबार १८:५९ बजे

मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन र मोटरसाइकलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडा–२ संगमचोकबाट ना.४३ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–१५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ–३ का २० वर्षीय आयुषा ठकुरीको साथबाट २ ग्राम ७५० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको हो । मकवानपुर जिल्ला अदालतबाट उनीहरुलाई थप अनुसन्धानका लागि १६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सवारी साधान चेकको क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा जिल्ला धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय बलराम गुरुङको साथबाट ४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागूऔषध नाइट्राभेट १३ ट्याब्लेट फेला परेको छ । प्रहरीले थप अनुसन्धानका लागि १८ दिनको म्याद गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ ।