२०८१ बैशाख २७, बिहीबार    

कोरम नपुग्दा सुरु भएन प्रदेशसभा

२०७८ चैत्र ८, मंगलबार १३:३५ बजे

सांसदको गणपूरक संख्या (कोरम) नपुग्दा वाग्मती प्रदेशसभाको वैठक सुरु हुन सकेको छैन ।

आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको वैठक गणपूरक संख्या नपुग्दा अझै सुरु भएको छैन । प्रदेशसभा सचिवालयले कार्यव्यवस्थाको निर्णय अनुसार कार्यसूची सार्वजनिक गरिसकेको छ ।

विवेकशील साझा संसदीय दलका नेता रमेश पौड्यालका अनुसार सांसदको गणपुरक संख्या नपुगेका कारण वैठक सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । ‘तोकिएकोभन्दा ३० मिनेट ढिलो भइसकेको छ । अहिलेसम्म २४ जना सांसदले मात्र मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् । जसको कारणले गर्दा वैठक सुरु हुन नसकेको हो ।’, उनले भने ।

प्रदेशसभा नियमावली अनुसार कुल सांसदको एकचौथाई उपस्थित हुनु अनिवार्य रहन्छ । हालको अवस्थामा २८ जना सांसदले उपस्थितिमा हस्ताक्षर गरेपछि मात्र वैठक सुरु हुन्छ । ‘सांसदहर गैरजिम्मेवार देखिए । जसको कारण प्रदेशसभाको वैठक सञ्चालन भएन ।’, उनले भने ।