२०८१ बैशाख २१, शुक्रबार    

सञ्चालनमा आयो वाग्मती पोलिक्लिनिक

२०७८ चैत्र २, बुधबार १३:२९ बजे

हेटौंडामा सुविधासम्पन्न ल्याबसहित वाग्मती पोलिक्लिनिक सञ्चालनमा आएको छ । करिब दुई करोड रुपैयाँ लगानीमा हेटौंडा–१, भिन्तुना पथमा बुधबार वाग्मती पोलिक्लिनिक थाइरोकेयर एण्ड डायविटिक सेन्टरको उद्घाटन गरिएको छ । पोलिक्लिनिकको वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. महेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए ।

छिटो छरितो र भरपर्दो सेवा दिनका लागि अत्याधुनिक ल्यावसहितको उपचार सेवा सुरु गरिएको पोलिक्लिनिकका सञ्चालक उत्सब चौलागाईंले जानकारी दिए । हेटौंडामा परीक्षण नहुने रोगहरुको पनि परीक्षण सुरु गरिएको चौलागाईंले जानकारी दिए । वरिष्ठ कन्सल्टेन्ट चिकित्सकद्वारा विशेष उपचारको व्यवस्था, सुगर, थाइराइड, हर्मन, मुटु रोग, छाला, हाडजोर्नी, वालरोग, स्त्री रोग, ईसीजी, इकोलगायतका सम्पूर्ण चेकजाँच पोलिक्लिनिकमा हुने बताइएको छ ।

पोलिक्लिनिकमा बायोप्सी (सानो मासुको टुक्रा निकालेर गरिने जाँच) समेत हुने बताइएको छ । ल्याबमा प्याथालोजिस्ट तथा दक्ष जनशक्तिहरुले २४ सै घण्टा सेवा दिने र जतिसक्दो चाडो रिपोर्ट दिने व्यवस्था मिलाइएको उनले बताए ।

उद्घाटन दिनमा सुगरलगायतका विभिन्न परीक्षण नि:शुल्क गरिएको छ भने थाइराइडसहित अन्य सम्पूर्ण परीक्षणमा ५० प्रतिशत छुट दिइएको छ । पोलिक्लिनिकमा चैत १२ गते शनिबार वरिष्ठ थाइराइड, सुगर तथा हर्मोन रोग विशेषज्ञ डा. सौरभ खतिवडा आउने छन् ।