२०८१ बैशाख २१, शुक्रबार    

गठबन्धनप्रतिको विश्वास र जनलहर नै चुनाव जित्ने आधार हो : बानियाँ

२०७९ बैशाख १७, शनिबार १८:३७ बजे

सत्तारुढ गठबन्धनबाट हेटौंडाका उपमेयरका उम्मेदवार राजेश बानियाँले गठबन्धनप्रति जनताले देखाएको विश्वास नै चुनाव जित्ने आधार भएको बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बानियाँले गठबन्धनप्रतिको विश्वास र जनलहरबाटै आफूहरु जितको नजिक पुगेका दावी गरेका छन् । ‘चुनाव प्रचारप्रसारको क्रममा जनलहर दैनिक बढिरहेको छ । हामीले हेटौंडालाई समृद्ध बनाउन चुनावी मैदानमा उत्रिएका हौं । गठबन्धनको जित नै हेटौंडेलीको हित हो ।’, उनले प्रत्येक वडामा गठबन्धन एकभएर निर्वाचनमा होमिएका कारण सकारात्मक नतीजा आउनेमा आफूहरु ढुक्क रहेको बताए ।

‘हेटौंडामा अब एमाले किल्ला ढल्दैछ । विपक्षी आत्तिसकेका छन् । हामी समाजसेवा गर्न राजनीतिमा आएका हौं । अरुले जस्तो राजनीतिलाई पेशा बनाउन आएका होइनौं ।’, उनले भने । उनले सत्तारुढ गठबन्धनको मर्म अनुसार मतदान गर्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।