२०८१ बैशाख २७, बिहीबार    

दुई खेललाई दुईवटा राष्ट्रिय टोली घोषणा

२०७८ माघ १२, बुधबार १२:३९ बजे

हेटौंडा/ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ल्लाह अलमुताइरीले दुईवटा राष्ट्रिय टोली घोषणा गरेका छन् ।

अफ्रिकन देश मौरिससविरुद्ध हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि उनले दुईवटै टोली घोषणा गरेका हुन् । उनले पहिलो खेलका लागि किरण लिम्बु, दीप कार्की र टिकेन्द्र थापा गोलरक्षक रहेको टोली घोषणा गरेका छन् ।

पहिलो खेलमा गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनिल वल, आकाश बुढामगर, क्षितिजरत्न छुञ्जु र जगजीत श्रेष्ठ मैदानमा उत्रनेछन् ।

Match-2-1024x615

दोस्रो खेलका लागि किरण लिम्बु, विशाल श्रेष्ठ र शत्रुधन चौधरी गोलरक्षक रहेको टोली घोषणा गरिएको छ । पहिलो खेलका लागि छनौट भएका गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, तेज तामाङ, सुमन लामा, सुजल श्रेष्ठ, अञ्जन विष्ट र विमल घर्तिमगर दोस्रो खेलका लागि पनि छनौट भएका छन् ।

दोस्रो खेलका लागि मात्र पूजन उपरकोटी, नवीन गुरुङ आशिष लामा, सुवास गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, प्रशान्त अवस्थी र सुशील राई छनौट भएका छन् ।