२०८१ बैशाख १८, मंगलबार    

हेटौंडा बचतको वार्षिकोत्सव सुरु, पहिलो दिन संस्थापक सम्मानित

२०८० पौष ६, शुक्रबार १९:०० बजे

हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–७, नागस्वतीले वार्षिकोत्सवको अवसरमा विझिन्न कार्यक्रम घोषणा गरेका छ । शुत्रबार पक्रकार सम्मेलन गर्दै वार्षिकोत्सवको कार्यत्रम संस्थाले घोषणा गरेको हो ।

पहिलो दिन सहकारीले संस्थापक सदस्यलाई सम्मान गरेको छ । साताव्यापी कार्यक्रमको विषयमा जानकारी दिँदै सहकारीले उनीहरुलाई सम्मान गगरेको हो ।

२०५६ सालमा २६ जना सेयर सदस्यको २६ सय रुपैयाँ शेयर पुँजीबाट सहकारी सुरु गरिएको थियो । संस्थापक सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सहकारीको वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेर ज्येष्ठ सदस्य सम्मान, बाल सदस्य वनझोज कार्यक्रम, रत्तदानसहित विविध खेलकुद कार्यक्रम गर्दैछ ।

सहकारीको हेटौंडा–७ स्थित मुख्य कार्यालयसहित हेटौंडा–४, हेटौंडा–८, हेटौंडा–१६ मा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।