२०८१ जेठ ४, शुक्रबार    

डोर्स रेष्टुरेण्टमा आगलागी

२०७८ फाल्गुन ३०, सोमबार १९:०५ बजे

हेटौंडा/ हेटौंडा–५ मा रहेको डोर्सस् रेष्टुरेण्टमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो रेष्टुरेण्टमा भएको आगलागी नियन्त्रणमा आएको छ । ‘रेष्टुरेण्टमा बाँसको कटेज रहेछ । पूर्णरुपमा क्षति भएको छ ।’, वडा प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिए । उनका अनुसार आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

विद्युत सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ । स्थानीय, प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिइएको थियो ।