२०८१ बैशाख २७, बिहीबार    

सुनको मूल्य १ लाख ५ हजार नाघ्यो

२०७८ फाल्गुन २५, बुधबार १३:०३ बजे

काठमाडौं/सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ प्रतितोला कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।