२०८१ बैशाख १३, बिहीबार    

पुलिसले अन्तिम आठमा मनाङसँग खेल्ने

२०७९ जेठ २२, आईतबार १८:५७ बजे

नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ ।
ए डिभिजन लिगको नवप्रवेशी टोली खुमलटार युवा क्बलमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसको जीतमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेट र शाहले २३ औं मिनेटमा गोल गरेका थिए । खुमलटारका लागि अजित लामाले ८५ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । पुलिसले अन्तिम आठमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।